मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:५२ Sunday, November २२, २०२६

घोडाघोडी क्याम्पसले नेपाली टिमको प्रदर्शन अनुसार विभिन्न शीर्षकमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

शेयर९.७K०

घोडाघोडी बहुमुखी क्याम्पसले टी–२० विश्वकपमा नेपाली क्रिकेट टिमले गरेको प्रदर्शन अनुसार विभिन्न शीर्षकमा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । नेपाली क्रिकेट टिमले प्रति खेल जिते बापत एक एक छात्रछात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गरिने,एकै खेलमा ५ विकेट वा ह्याट्रिक लिने खेलाडीको नाममा छात्रवृत्ति नामकरण गरी एक जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने र हाफ सेन्चुरी बनाउने खेलाडीको नाममा छात्रवृत्ति प्रदान गरिने घोडाघोडी बहुमुखी क्याम्पसले जनाएको छ ।

‘यस्तो महान् र अविस्मरणीय क्षणमा घोडाघोडी बहुमुखी क्याम्पस र नेपाली राष्ट्रिय क्रिकेट टिमको जितको उच्च कामना गर्दे नेपालको समग्र शिक्षा तथा खेलकुद क्षेत्रको विकासको निम्ति यस क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई विभिन्न शीर्षकहरूमा छात्रवृत्ति प्रदान गर्दे आइरहेको अवगत गर्दछौँ सूचनामा भनिएको छ ।’

साथै क्याम्पसले रोहितकुमार पौडेलको कप्तानीमा टी–२० विश्वकप खेल्न मैदानमा उत्रिएको नेपाली क्रिकेट टोलीलाई सफलताको कामना सहित हार्दिक शुभकामना व्यक्त गरेको छ । जुन २ बाट अमेरिका र वेस्टइण्डिजमा भइरहेको टी २० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली टोलीको प्रदर्शन कस्तो रहला भनी नेपालका क्रिकेट प्रेमीहरूले उत्सुकतापूर्वक पर्खिरहेका छन् ।घोडाघोडी क्याम्पसले नेपाली टिमको प्रदर्शन अनुसार विभिन्न शीर्षकमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज मङ्गलवार नेदरल्यान्ड्ससँग खेल्दैछ । यो खेल डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समय अनुसार राति सवा नौ बजे सुरु हुनेछ । नेपाल दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि सन् २०१४ मा नेपालले बङ्गलादेशमा भएको टी –२० विश्वकप खेलेको थियो । अहिले १० वर्षपछि विश्वकप खेल्न लागेको हो । यो विश्वकपमा नेपालका कप्तान रोहित पौडेल कान्छा कप्तान हुन् ।

नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्यान्डस् र बङ्गलादेश रहेका छन् । यो विश्वकपमा नेपाल, आयोजक अमेरिका र वेस्ट इन्डिजसहित २० देश सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टोली छन् । टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।