मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:२८ Sunday, November २२, २०२६

अनियमितता गरेको भन्दै बुलबुले सामुदायिक उपभोक्ताले गरे वनमा तालाबन्दी

शेयर१३.७K०

कैलालीको बुलबुले रानी सामुदायिक वनमा तालाबन्दी गरीएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–१० र ९ रानीझिरौँखामा रहेको बुलबुले रानी सामुदायिक वनमा उपभोक्ताहरूले तालाबन्दी गरेका हुन्।

सामुदायिक वनका उपभोक्ताहरूले विभिन्न माग राख्दै कार्यालयमा अनिश्चित कालिन तालाबन्दी गरेका छन्। वर्तमान वनको कार्यसमितिले लामो समयदेखि साधारण सभा देखि लिएर सामुदायिक वनको आयव्यय सार्वजनिक गर्न आलटाल गरिरहेको आरोप लगाउँदै उपभोक्ताहरूले तालाबन्दी गरेका हुन्।

वनको कार्यसमितिले लामो समय देखी सामुदायिक वनको साधारण सभा नबोलाएको भन्दै उपभोक्ताहरूले आपत्ति समेत जनाएका छन्। वर्तमान वनको कार्यसमितिले साधारण सभा देखि लिएर सामुदायिक वनको आयव्यय सार्वजनिक गर्न आलटाल गरिरहेको उपभोक्ताहरूले आरोप लगाएका छन्।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१३.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।