मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:१६ Sunday, November २२, २०२६

घोडाघोडी सुधार केन्द्र शाही मृत्यु प्रकरण: १२ जना कारागार चलान

शेयर२६.९K०

घोडाघोडीको सुधार केन्द्र शाही हत्या प्रकरणका ७ आरोपितलाई पुर्पक्षका लागि र ५ जनाले धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान गरिएको छ । शाही हत्या प्रकरणमा मुद्दा चलाइएका १७ मध्ये ७ पुर्पक्षका लागि ५ धरौटी तिर्न नसकेपछि काराकार चलान भएका छन् भने ३ जना धरौटी बुझाएर छुटेका छन्। यस्तै १ जनालाई आफन्तको जिम्मा लगाइएको छ र अर्का एक जनालाई उमेर नपुगेको कारण सुधार गृहमा राखिएको छ ।

बिपुल सापकोटा, सुदर्शन अधिकारी, भुपेन्द्र खड्का, नवीन रावल, आकाश अधिकारी,सुमन भट्ट, कृष्ण तिमलसिना पुर्पक्षका लागी कारागार चलान भएका छन्। 

 कमल रिजाल, गौरव आचार्य,विनोद शाही, नमराज चौधरी, रोशन ऐर धरौटी तिर्न नसकेर कारागार चलान भए।

यस्तै समितिका अध्यक्ष होम तामाङ्ग ५ लाख सञ्चालक बलराम खत्री ७ लाख र दिनेश मन्नि ३ लाख धरौटी तिरेर छुटेका छन्।

मुस्कान सुनारलाई आफन्तको जिम्मा लगाइएको छ भने रोशन पानाडीको उमेर नपुगेको कारण सुधार गृहमा राखिएको यो घटनाको अनुसन्धान गरेका एक प्रहरी अधिकारीले निर्भीक पोष्टलाई बताए ।

 घोडाघोडी नगरपालिका -४ मा रहेको सुधार केन्द्रमा साडेपानीका २३ वर्षीय सुनिल शाहीको कुटपिटबाट मृत्यु भएको थियो।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२६.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।