मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:४५ Sunday, November २२, २०२६

घोडाघोडी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

शेयर१०.५K०

कैलालीको घोडाघोडी नगरपालिकालाई बुधवार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिकाका भित्रका सबै बालबालिकालाई पूर्ण खोप लगाए सँगै नगरपालिकाकालाई पूर्ण खोप सुनिश्चितता पालिका तथा दिगोपना घोषणा गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

जन्मे देखि १५ महिनासम्म हरेक बालबालिकाले खोप लगाइ सक्नु पर्नेमा त्यसमा छुटेकाहरूलाई १६ देखि ५९ महिना भित्र सो खोप लगाउनु पर्ने हुन्छ । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार चालू आर्थिक वर्ष २०८०/०८१ मा यस नगरपालिकाका ४ हजार ५ सय ८२ जनाले पूर्ण खोप लगाएका छन् । नगरपालिकाका भित्रका सबै बालबालिकालाई पूर्ण खोप लगाएपछि बुधवार घोडाघोडी नगरपालिकाकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।घोडाघोडी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

समयमै १५ देखि २३ महिनासम्मका बालबालिकालाई सबै खोप लगाउन पालिकाले गरेको कार्यले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको नगरपालिकाले जनाएको छ । राष्ट्रिय खोप तालिका अनुसार नगरका १२ ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित तथा दिगोपना घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले बताए । जुन सुनिश्चितताको सर्वेक्षण र घोषणा पालिकाहरूले हरेक वर्ष गर्नुपर्छ ।घोडाघोडी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

नगर प्रमुख खडक बहादुर रावतको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि कैलाली जिल्ला खोप समन्वय समितिका संयोजक खगराज भुसाल रहेका थिए । कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख, खोप केन्द्र प्रमुख, महिला स्वयंसेविका, विभिन्न सघ संस्थाका प्रमुख, वडाध्यक्षहरू र अन्य सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।