मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:५० Sunday, November २२, २०२६

बैतडीमा शिक्षकको कुटाइबाट छात्रा गम्भीर घाइते

शेयर९.९K०

शौचालय गएको निहुमा बैतडीका एक शिक्षकले छात्रालाई निर्घात कुटपिट गरेका छन । कुटपिटबाट गम्भीर घाइते भएकी संगीता धामीको धनगढीमा उपचार भइरहेको उनका आफन्तले जनाएका छन् ।

जिल्लाको सिगास गाउँपालिका वडा नम्बर: ५ मा रहेको भूवनेश्वरी मा.वि.का प्रधानाध्यापक बिरेन्द्रसिंह धामीले कक्षा ९ मा अध्ययनरत छात्रालाई कुटपिट गरेका हुन्। उनको डडेल्धुरा उप–क्षेत्रीय अस्पतालमा उपचार सम्भव नभएपछी धनगढी पठाइएको छ । “कुटाइबाट छोरीको होस गुमेको छ । आज ३/४ दिन भयो छोरी होसमा छैनन् । कुटपिट गर्ने पनी परिवार भित्रकै हुन ।घरायसी मनमुटाव र रिसिबीका कारण निहुँ पारेर छोरीलाई निर्घात कुटिएको हो ।” उनका ठुलाबाबु जगदीश धामीले भने ।

उनका अनुसार कुटपिटको कुरा कसैलाई नभन्न भन्दै प्रधानाध्यापक धामीले आफुबाट गल्ती भएको र उपचार खर्च ब्यहोर्ने बताएका थिए । तर बिद्यालयले भने आफ्नो गल्ती ढाकछोप गर्न बिज्ञप्ति सार्वजनिक गरिएको उनको भनाई छ । यस बिषयमा जिल्ला प्रहरी कार्यालय बैतडीले भने घटना बारे जानकारी नभएको बताएको छ । पिडितका ठुलाबाबु जगदीश धामीले भने आइतबार इमेल मार्फत प्रहरीमा उजुरी पठाएको बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।