मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:४३ Sunday, November २२, २०२६

गोदावरीधामको कुम्भवाटिकाको मुख्य कलश चोरी,२ जना पक्राउ

शेयर७.६K०

कैलालीको प्रसिद्ध धार्मीक स्थल गोदावरिधामको कुम्भवाटिकाको मुख्य कलश चोरी भएको छ ।

हिजो राती ११ बजेको समयमा कुम्भवाटिकाको मुख्य कलश चोरी भएको हो । कलश चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढी उप महानगरपालिका १४ फुलबारीका ३० वर्षीय मोहन कठायत र गोदावरी नगरपालिका ४ हाटखोलीका ३९ वर्षीय बल बहादुर रावत रहेका छन् ।

उनीहरुबाट कलश पनि तोडफोड गरिएको अवस्थामा बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर७.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।