मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:५८ Sunday, November २२, २०२६

घोडाघोडीबाट १ ट्याक्टर काठ सहित एक जना पक्राउ

शेयर८.८K०

कैलालीको घोडाघोडी नगरपालिकाबाट १ ट्याक्टर काठ सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालिकाको वडा नम्बर ४ का हर्क चौधरी रहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
शनिबार राति ८ बजेको समयामा इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी दिपेन्द्र पालको कमाण्डमा अनुगमनमा रहेको प्रहरी टोलिले घोडाघोडी नगरपालिका ४ को श्रीराम सामुदायिक वनबाट विना कागजात ओसार गरिरहेको अवस्थामा उक्त परिमाणको काठ सहित ट्याक्टर चालक चौधरीलाई नियन्त्रणमा लिइएको डिएसपी पालले जानकारी दिए।
नियन्त्रणमा लिइएको काठ सहित ट्याक्टर र चालकलाई डिभिजन वन कार्यालय पहलमानपुरलाई बुझाइएको प्रहरीले बताएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।