मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:५० Sunday, November २२, २०२६

आगामी वर्षका लागी घोडाघोडी नगरपालिकाको बजेट ९७ करोड ४४ लाख ८७ हजार

शेयर१०.३K०

कैलालीको घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागी नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १९ औँ नगर सभा तथा बजेट अधिवेशन बाट नीति कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो ।

बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा उपप्रमुख गुलिया कुमारी चौधरीले आर्थिक वर्ष २०८१/०८२ को ९७ करोड ४४ लाख ८७ हजार रुपियाँको बजेट प्रस्तुत गर्नु भएको थियो । सङ्घ, प्रदेश र नगरपालिकाको प्रस्तुत कुल बजेटमध्ये नगरपालिकाको आन्तरिक स्रोत आय १२ करोड रुपियाँ मात्र रहेको छ ।

आयतर्फ सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १८ करोड ३० लाख, समपूरक अनुदान १ करोड ५० लाख, विशेष अनुदान ३ करोड ३५ लाख, सशत अनुदान ३९ करोड ३६ लाख र राजस्व बाँडफाँट १७ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड ७५ लाख ५८ हजार, समपूरक अनुदान १ करोड ५० लाख, विशेष अनुदान ५५ लाख, सशत अनुदान ५१ लाख ५५ हजार र राजस्व बाँडफाँट ६६ लाख ७४ हजार रुपियाँ प्राप्त हुने जनाइएको छ ।

चालु आर्थिक वर्षको भन्दा करिब तीन करोड बजेट घटेर आगामी वर्षको बजेट सार्वजनिक भएको छ । उपप्रमुख चौधरीले दिगो विकास, उत्पादनमा आत्मनिर्भर, रोजगारी सृजना, व्यावसायिक कृषि, सर्वसुलभ शिक्षा, सबैको स्वास्थ्यमा पहुँच, प्रविधि मैत्री सेवा बजेटको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

नगरप्रमुख खडक बहादुर रावतले आगामी वर्षका लागि तयार गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । उनले नगरभित्रको कृषि, पशु, स्वास्थ्य, शिक्षा, सामाजिक विकास, भौतिक विकास लगायत समग्र क्षेत्रलाई समेट्ने गरी तयार गरिएको नीति कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत नीति तथा कार्यक्रममा छुटेका विषयलाई समेट्न सभाका सदस्यहरूले सुझाव दिएका थिए ।आगामी वर्षका लागी घोडाघोडी नगरपालिकाको बजेट ९७ करोड ४४ लाख ८७ हजार आगामी वर्षका लागी घोडाघोडी नगरपालिकाको बजेट ९७ करोड ४४ लाख ८७ हजार

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।