मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:२९ Sunday, November २२, २०२६

सुदूरपश्चिममा नयाँ सरकार गठनबारे कांग्रेस र एमालेबीच छलफल

शेयर९.१K०

कैलाली : सुदूरपश्चिम प्रदेश सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्ने सहमति गरेका छन् ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै सुदूरपश्चिम प्रदेशमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलबीच संयुक्त सरकार गठनका विषयमा छलफल भएको जनाइएको छ ।

अहिले सुदूरपश्चिममा एमालेसहितको समर्थनमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी मुख्यमन्त्री रहेका छन् । सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १८ र एमालेका ११ जना गरी २९ जना सांसद छन् । ५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ जना सांसद आवश्यक पर्ने गर्दछ ।

त्यस्तै कांग्रेस र एमालेले यसअघि मुख्यमन्त्री सोडारीले फुटाएका मन्त्रालय नभई पुरानै मन्त्रालय कायम गर्ने पनि सहमति गरेका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।