मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:३७ Monday, November २३, २०२६

अवैध लागूऔषधसहित कञ्चनपुरबाट ३ जना युवक प्रहरीको फन्दामा

शेयर१५.३K०

कञ्चनपुर : अवैध लागूऔषध सहित तीन जना युवक कञ्चनपुरबाट प्रहरीको फन्दामा परेका छन्।

बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिका–३ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्कमा कोठा गरि बस्ने २८ वर्षीय सुजल खड्काको कोठाबाट भीमदत्त नगरपालिका–६ बस्ने बर्ष २९ वर्षीय गणेश बि.क. र भीमदत्त नगरपालिका–१५ का २७ वर्षीय प्रकाश भण्डारीसहित तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भण्डारीको साथबाट ०.०९ ग्राम र खाटमुनि फालेको अवस्थामा १.१८ ग्राम लागूऔषध (खैरो हेरोईन) फेला पारी तिनै जनालाई वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१५.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।