मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:५९ Sunday, November २२, २०२६

मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने

शेयर१४.१K०

मधेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेश सभामा शनिबार विश्वासको मत लिँदैछन्। विश्वासको मत लिने प्रयोजनका लागि बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ।

सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्। प्रदेश सभामा चौथो दलको रूपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो।

कुल १०७ सदस्य रहेको प्रदेश सभामा नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका ९, माओवादी केन्द्रका ९ तथा एकीकृत समाजवादीका सात प्रदेशसभा सदस्य छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक(एक जना सदस्य छन्। कांग्रेस-एमालेसहित बनेको नयाँ समीकरणले आफूलाई विश्वासको मत दिने निर्णय भइसकेको मुख्यमन्त्री सिंहले बताए। साथै माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले पनि आफूलाई विश्वासको मत दिने मुख्यमन्त्री सिंहले दाबी गरे।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१४.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।