मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ३:५६ Sunday, November २२, २०२६

सेती नदीको उर्लिँदो बहाब, बैतडीका ६० परिवार सुरक्षित स्थानमा

शेयर७.७K०

बैतडी : बैतडीमा सेती नदीमा आएको बाढी बस्ती पस्न थालेपछि सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाइ सुरक्षित स्थानमा सारिएको छ ।

सेती नदीमा उर्लेर आएको बाढी बस्तीमा पस्न थालेपछि सिगास–५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माध्यमिक विद्यालयमा सारिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताएका छन् ।

शर्माका अनुसार सेतीको बाढी गाउँ पस्ने खतरा बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारेका हो । स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई शारदा माविमा सारिएको छ । बाढीले बगाउने डरले स्थानीय पशुचौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका छन् । नदी किनारमा लगाएको तटबन्धमाथिबाट नदी बग्न थालेपछि घर छाड्नुपरेको स्थानीयहरुको गुनासो रहेको छ ।

सेतीमा पानीको बहाव बढ्दै गएपछि सिगास–५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको जोखिममा परेका छन् । २०७८ कात्तिक पहिलो साता पनि बाढीले सिगास–५ ढुङ्गाडलगायत क्षेत्रमा ठूलो क्षति गरेको थियो । वर्षा

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर७.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।