मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:३४ Monday, November २३, २०२६

अविरल वर्षापछिको बाढीमा परी कञ्चनपुरमा १ हजार ६ सय २२ जना प्रभावित, एकको मृत्यु 

शेयर९.२K०

कञ्चनपुर : शुक्रबार साँझदेखि अविरल रूपमा परेको वर्षापछि आएको बाढीले कञ्चनपुर जिल्लाका अधिकांशजमिन डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भू-भागलाई प्रभावित बनाएको छ। महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका-१० को तीन बस्ती डुबानमा परेका छन् । जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका छन् । त्यसैगरी भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा बाढी पसेकोे छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जिल्लाभर बाढीबाट प्रभावित भएका १ हजार ६ सय २२ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए। ‘बाढीले जिल्लाका अधिकांश बस्ती डुबानमा परेका छन्, उनले भने, ‘डुबानबाट प्रभावितलाई नजिकै विद्यालय र आफन्तकोमा सारिएको छ।

त्यसैगरी उनले बाढीमा परी कृष्णपुर नगरपालिकाको वडा-१ पोतीपुरमा ७ महिनाका शिशु सोलु धानुकको मृत्यु भएको बताए। प्रवक्ता जोशीले भने, ‘घरमा सुतेको अवस्थामा बाढी पसेपछि डुबेर शिशुको मृत्यु भएको छ। निरन्तर वर्षा भइरहेका कारण अझै केही परिवार विस्थापित हुने अवस्थामा पुगेका जनाइएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।