मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ३:२४ Sunday, November २२, २०२६

देशभर हालसम्म झण्डै ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न

शेयर८.८K०

काठमाण्डौ : हालसम्म देशभर ५ लाख ३९ हजार ७ सय ६६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । यसवर्ष १३ लाख ९८ हजार २ सय ७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको थिए । अहिलेसम्म त्यसको ३८ दशमलव ६ प्रतिशत रोपाइँ सकिएको कृषि विभागका सूचना अधिकारी एवम् वरिष्ठ कृषि अर्थ विज्ञ तिलकराज चौलागाईंले जानकारी दिए ।

गएको वर्ष असार २४ सम्ममा देशभर ४२ दशमलव ९ प्रतिशत रोपाइँ भएको थियो । गएको वर्ष १४ लाख ९६ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरेकोमा असार २४ गतेसम्ममा ६ लाख ४२ हजार २ सय ८४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । यो वर्ष लगातारको झरीका कारण रोपाइँ प्रभावित भएको चौलागाइँले बताए । रोपाइँको लागि पानीको अभाव भने यस वर्ष कम भएको छ ।

विभागको तथ्याङ्कअनुसार सबैभन्दा धेरै सुदूरपश्चिममा ५४ दशमलव २ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । यस्तै सबैभन्दा कम मधेस प्रदेशमा २५ दशमलव ५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको हो ।

यस्तै अहिलेसम्म कोशी प्रदेशमा ३४ दशमलव ४ प्रतिशत, बागमती प्रदेशमा ४० दशमलव २ प्रतिशत र गण्डकी प्रदेशमा ४९ दशमलव ७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा ४४ दशमलव ४ प्रतिशत र कर्णाली प्रदेशमा ४७ दशमलव ५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको विभागको तथ्याङ्क छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।