मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ३:३० Sunday, November २२, २०२६

लम्कीमा छुट्टाछुट्टै स्थानमा अचेत अवस्थामा फेला परेका दुई जनाको मृत्यु

शेयर१०.३K०

कैलालीको लम्कीमा अलग-अलग स्थानमा अचेत अवस्थामा फेला परेका दुई जना पुरुषको मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका–५ बस्ने ५१ वर्षीय सागर वि.क. बाटोमा मंगलवार अचेत अवस्थामा फेला परेका थिए। अचेत अवस्थामा फेला पेरेका विकलाई उपचारको लागि स्थानिय अस्पताल भल्का लगेकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

यसैगरी मंगलवार नै लम्कीचुहा नगरपालिका–३ खैरेनिको रानिजमरा कुलरिया सिँचाई आयोजनाको नहरको माथि अर्का पुरूष अचेत अवस्थामा फेला परेको थिए। नहरको माथि अचेत अवस्थामा फेला परेका ती पुरुषलाई उपचारको लागि लाल रत्न अस्पताल लम्की लगेकोमा चिकित्सकले चेकजाँच गर्दा उनलाई पनि मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

नहरको माथि फेला परेका ती पुरुषको अहिलेसम्म नाम, थर नखुलेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।