मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:२६ Monday, November २३, २०२६

एमाले र कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम सार्वजनिक

शेयर८.२K०

काठमाण्डौ : नेकपा एमाले र नेपाली कांग्रेसले क्याबिनेटमा पठाउनको लागि मन्त्रीहरूको नामको टुङ्गो लगाएका छन् । एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थ मन्त्री, पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्ने भएका छन् । राजकुमार गुप्ताले सङ्घीय मामिला तथा सामान्य प्रशासन र मानवीर राईले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने एमालेले जनाएको छ ।

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दामोदर भण्डारीलाई दोहोर्‍याउने एमालेको तयारी छ । यसअघि उनीहरू पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारमा पनि यही जिम्मेवारीमा रहेका थिए । त्यस्तै शिक्षामन्त्रीमा विद्या भट्टराई र राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिने एमालेको तयारी छ । 

यस्तै कांग्रेसले पनि सरकारमा पठाउने केही मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ । सरकारमा प्रकाशमान सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मा दिइने भएको छ । यस्तै रमेश लेखक गृह र आरजु राणा परराष्ट्रमन्त्री बन्ने भएकी छन् ।

दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, ऐनबहादुर शाही वन तथा तेजुलाल चौधरीलाई युवा तथा खेलकुद मन्त्रालय दिने तयारी छ । कांग्रेसमा शेखर कोइराला समूहले स्वास्थ्य, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र कृषि मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे टुङ्गो लगाउन सकेको छैन ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।