मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:४६ Monday, November २३, २०२६

पेट्रोलिय पदार्थको मूल्यमा वृद्धि, कसको मूल्य कति ?

शेयर८.३K०

काठमाण्डौ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोलमा ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँले मूल्य बढाएको हो । सोमबार बसेको निगमकाे सञ्चालक ससमितिको बैठकले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी जनाएका छन् ।

नयाँ मूल्य अनुसार पहिलो वर्ग अर्थात चारआली, विराटनगर, जनकपुर, भलवारी, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १ सय ६८ रूपैयाँ ५० पैसा पुगेको छ भने डिजेलको मूल्य १ सय ५७ रुपैयाँ ५० पैसा पुगेको छ ।

त्यस्तै दोस्रो वर्ग अर्थात सुर्खेत र दाङ्गमा पेट्रोल १ सय ७० रुपैयाँ पुगेको छ भने डिजेल १ सय ५९ रुपैयाँ पुगेको छ ।

त्यसैगरी तेस्रो वर्ग अर्थात काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १ सय ७१ रुपैयाँ पुगेको छ भने डिजेल १ सय ६० रुपैयाँ पुगेको छ ।

नयाँ मूल्य सोमबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।