मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:३८ Sunday, November २२, २०२६

कैलालीको चुरेका पहिरो पीडितलाई त्रिपाल र सोलार वितरण

शेयर८.२K०

चुरे : कैलाली जिल्लाको चुरे गाउँपालिकाका पहिरो पीडितलाई त्रिपाल र सोलार ‘प्यानल’ वितरण गरिएको छ ।

चुरे गाउँपालिका-४ स्थित बालुवागडामा बस्दै आएका ५२ परिवारलाई त्रिपाल वितरण गरिएको जनाएको छ ।  गाउँपालिकाले पाँच वर्षअघि पहिराले विस्थापित भएर जङ्गल नजिक बस्दै आएका ५२ पहिरो पीडित परिवारलाई त्रिपाल र २० परिवारलाई सोलार प्यानल वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले वर्षाका बेला पहिरो पीडित परिवार कष्टकर जीवन बिताउन बाध्य भएकाले सहायता स्वरुप त्रिपाल र सोलार प्यानल प्रदान गरिएको बताए । उनले भने, ‘उनीहरूका आवश्यकताअनुसार सोलार प्यानल र त्रिपाल प्रदान गरिएको हो । सब डिभिजन वन कार्यालयले वृक्षरोपण र तारबार गर्ने भन्दै पहिरो पीडित परिवारलाई बिचल्लीमा पारेको आरोप उनले लगाए । 

यसैगरी, चुरे गाउँपालिका-५ खानीडाँडास्थित भीमदत्त राजमार्ग सडक किनारमा आश्रय लिइरहेका १५ परिवारलाई खाद्यान्न, त्रिपाल र सोलार प्यानल वितरण गरिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।