मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ३:२३ Sunday, November २२, २०२६

महालेखा नियन्त्रकको तथ्याङ्क अनुसार सरकारले गर्यो १ वर्षमा १४ खर्ब ८ अर्ब खर्च

शेयर९.५K०

काठमाण्डौ : सरकारले आर्थिक वर्ष २०८०÷८१ मा १४ खर्ब ८ अर्ब ७६ करोड रुपैँया खर्च गरेको छ । उक्त रकम सरकारले भुक्तानी दिएको हो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार सरकारले गरेको खर्च मध्ये सबैभन्दा धेरै चालू तर्फ ९ खर्ब ५२ अर्ब ४१ करोड भुक्तानी गरेको छ । त्यस्तै विकास खर्च १ खर्ब ९१ करोड खर्च भएको छ । भने, वित्तीय व्यवस्थातर्फ २ खर्ब ६४ अर्ब ६३ करोड खर्च भएको हो ।

सरकाले गत चालु आवमा १० खर्ब ३० अर्ब राजस्व सङ्कलन गरेको छ । जसमा राजस्वमा ९ खर्ब २७ अर्ब राजस्व र गैर कर शीर्षकमा १ खर्ब ३ अर्ब राजस्व सङ्कलन भएको हो । अनुदान २ अर्ब ७५ करोड प्राप्त गरेको छ ।

आर्थिक वर्ष २०७९÷८० मा भन्दा २०८०÷८१ मा ७३ अर्ब ७२ धेरै राजस्व उठेको छ । अघिल्लो आर्थिक वर्षमा ९ खर्ब ५६ करोड राजस्व सङ्कलन भएको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।