मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:५९ Monday, November २३, २०२६

कुकुर मारेको भन्दै छोराले गरे बुबाको हत्या

शेयर८.९K०

नवलपरासी पूर्वमा छोराले ढुंगा प्रहार गरी बाबुको हत्या गरेका छन्।

बुधबार बिहान सवा ११ बजे कावासोती नगरपालिका-५ ठकुरीचोकमा बुबा-छोराबीच झगडा हुँदा छोराको ढुंगा प्रहारबाट बुवा ४३ वर्षीय प्रेम कुमालको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालयका डिएसपी बेद पौडेलका अनुसार घरमा पालेको कुकुरलाई पिटेको विषयमा प्रेम र उनका १८ वर्षीय छोरा निराजनबीच झगडा भएको थियो। प्रेमको कुटाईबाट घरमा पालेको कुकुरको मृत्यु भएको थियो।

सोही विषयमा झगडा हुँदा निराजनले बाबुमाथि ढुंगा प्रहार गरेको डिएसपी पौडेलले बताए। उनका अनुसार ढुंगा टाउकोमा लाग्दा प्रेमको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाबारे खबर पाएपछि प्रहरी निरीक्षक बिक्रम रिजालको कमाण्डमा सात जनाको टोली खटिएको छ। उक्त टोलीले छोरा निराजनलाई पक्राउ गरेको छ।घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।