मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:०२ Sunday, November २२, २०२६

कैलालीको टीकापुर अस्पतालले पहिलो पटक थाल्यो ‘डाइलिसिस’ सेवा

शेयर९K०

टीकापुर : कैलालीको टीकापुर अस्पतालले लामो प्रतिक्षापछि ‘हेमोडाइलिसिस’ सेवा सुचारु गरेको छ । अस्पतालमा गएको असार ३१ गतेदेखि सेवा सुरु भएको हो ।

सेवा सञ्चालनका लागि अस्पतालले ४० लाख खर्च भएको अस्पतालका चिकित्सक डा. सन्देश पण्डितले बताए । एक विशेषज्ञ चिकित्सक, चार नर्सिङ स्टाफ र दुईजना सहयोगीलाई सेवा सञ्चालनका लागि तालिम दिइएको छ । ’फूल फेजमा चलेपछि दैनिक चारजनालाई सहज रूपमा सेवा दिन सकिन्छ’, पण्डितले भने, ’फूलफेजमा सञ्चालन हुन केही समय लाग्छ ।’

अस्पतालमा डाइलिसिस सेवा सुरु भएपछि यस क्षेत्रका बिरामीले राहत पाएका छन्। यहाँका बिरामी धनगढी र नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको छ। कतिपय नेपालगञ्ज र धनगढी जानुपर्ने अवस्था भएकै कारण काठमाडौँ बसेर डाइलिसिस गराउने गरेका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।