मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:०७ Monday, November २३, २०२६

कक्षा १२ को नतिजा साउन तेस्रो साता प्रकाशन गर्ने बोर्डको तयारी

शेयर९.७K०

काठमाण्डौ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा साउन तेस्रो साता सार्वजनिक गर्ने भएको छ । वार्षिक कार्यतालिका अनुसार नै नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ । 

बोर्डले अहिले उत्तरपुस्तिका परीक्षणको कार्य सकेर पुनः परीक्षण तथा रुजु र डाटा इन्ट्रीको काम सुरु गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार प्राविधिक कठिनाइ नआएमा वार्षिक कार्यतालिका अनुसार साउनको तेस्रो साता नै नतिजा सार्वजनिक हुने छ । परीक्षा गत बैशाख १४ शुक्रबार देखि २४ गते सोमबार सम्म सञ्चालन गरिएको थियो । परीक्षामा ५ हजार ५ सय ४२ विद्यालयका ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी भएका थिए । 

कक्षा १२ को नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुने अध्यक्ष शर्माले बताए । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी अनुत्तीर्ण हुने बताईएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।