मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:१३ Monday, November २३, २०२६

बझाङमा रिचार्ज कार्ड र नगद चोरी गर्ने युवक प्रहरीको नियन्त्रणमा

शेयर८.७K०

बझाङ : बझाङको छबिसपाथिभेराका एक युवक रिचार्ज कार्ड र नगद चोरी गरेको आरोपमा पक्राउ परेका छन् ।

छबिसपाथिभेरा गाउँपालिका–१ का २५ वर्षीय हिक्मत गिरी जयपृथ्बी नगरपालिका–१० चैनपुर बजारबाट २ गते बुधवार पक्राउ परेका हुन् ।
रिचार्ज कार्ड बेचिरहेको गिरीको साथबाट रिचार्ज कार्ड २० हजार र नगद १३ हजार ८ सय ९५ सहित बरामद गरी नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी किशोर जोशीले जानकारी दिए ।

असार २९ गते राति छबिसपाथिभेरा गाउँपालिका-१ भाँडेबजारमा पसल गरि बस्ने दमन रावत, कुम्भ राज उपाध्याय र दिनेश बिकको पसलबाट रिचार्ज कार्ड र नगद चोरी भएको भनि असार ३१ गते अस्थायी प्रहरी पोष्ट बगडगाँउ बझाङमा सयुक्त रुपमा निबेदन दिएको हुँदा अनुसन्धान गर्दै जाँदा गिरीलाई चैनपुर बजारमा रिचार्ज कार्ड बेचिरहेको अवस्थामा प्रहरीले फेला पारी उनलाई जिल्ला प्रहरी कार्यालय बझाङ ल्याई थप अनुसन्धान भई रहेको जोशीले बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।