मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ४:०४ Sunday, November २२, २०२६

प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो १० ठोश कार्यक्रमसहित ३१ बुँदे सुझावपत्र (पूर्णपाठ)

शेयर९.३K०

नेकपा एमालेले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गर्नुपर्ने कामको सूचीसहित सुझावपत्र बुझाएको छ । एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीलाई भेट गरी आज सुझावपत्र बुझाएको हो ।
सुझावपत्रमा सरकारले तत्कालै चाल्नुपर्ने कदम र आगामी तीन बर्षभित्र गर्ने कामको सूची रहेको छ । सुझावपत्रमा झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा प्राप्त भएका सुझावदेखि जनतामा कायम रहेको निरासा चिर्न तथा आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले गर्नुपर्ने कामलाई समेटिएको छ ।

कांग्रेससँगको सहमतिपछि अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभन्दा डेढ साता अगावै एमालेले गत असार २१ गते ओली नेतृत्वको सरकारले आगामी ३ बर्षभित्र गर्नुपर्ने कामको बिषयमा सुझाव दिन उपमहासचिप प्रदीप ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
कार्यदलले ३३ वटै बिभागसँग सरकारले गर्नुपर्ने कामको बिषयमा सुझावसहित प्रतिवेदन मागेको थियो । सोही प्रतिवेदनको आधारमा एमालेले सरकारलाई सुझावपत्र दिएको हो । सुझावपत्र महासचिव पोखरेल र उपमहासचिव एवं कार्यदल संयोजक ज्ञवालीले आज बुझाउनु भएको हो ।

एमाले उपमहासचिव ज्ञवालीले पार्टीका २८ वटा विभागका सुझाव समेटेर प्रधानमन्त्रीलाई सुझावपत्र बुझाइएको बताउनु भयो । ज्ञवालीका अनुसार असार २१ गते बसेको पार्टी केन्द्रीय विभागहरूको बैठकले दिएको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० ठोस कार्यक्रमसहित ३१ बुँदे सुझाव बुझाइएको छ । उक्त बैठकले सात दिनको समय सीमा तोकेर प्रधानमन्त्रीलाई सुझाव दिन विभागहरूलाई निर्देशन दिएको थियो ।
प्रतिनिधिमण्डले सुशासन, विकास निर्माणका कामलाई तीव्रता, रोजगारी सृजना, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धिदर गर्ने विषय, सेवा प्रवाहमा सहजता, जटिल प्रशासनिक प्रक्रियालाई सहज बनाउने लगायत विषयलाई समेटेर सुझाव दिएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीकै निर्देशनमा एमालेले कार्यदल बनाएको थियो ।

कार्यदलको प्रतिवेदन बुझेपछि प्रधानमन्त्री ओलीले आफू पार्टी अध्यक्ष भएपनि अहिले सरकारका तर्फबाट एमालेको सुझावपत्र बुझेको बताउनु भयो । सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले एमालेले बुझाएको सुझावपत्र कार्यान्वयनमा जाने बताउनु भयो ।
‘एमालेले हामीलाई भन्न पनि पाउँछ । पोहोर साल यो दिएको थियो, यो चाहिँ तपाईंहरुले गर्नु भएन भन्न पाउँछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को ८ अठोट पूरा गर्नेगरी सरकार अगाडि बढेको जानकारी पनि दिनुभयो ।प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो १० ठोश कार्यक्रमसहित ३१ बुँदे सुझावपत्र (पूर्णपाठ) प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो १० ठोश कार्यक्रमसहित ३१ बुँदे सुझावपत्र (पूर्णपाठ) प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो १० ठोश कार्यक्रमसहित ३१ बुँदे सुझावपत्र (पूर्णपाठ) प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो १० ठोश कार्यक्रमसहित ३१ बुँदे सुझावपत्र (पूर्णपाठ) प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो १० ठोश कार्यक्रमसहित ३१ बुँदे सुझावपत्र (पूर्णपाठ)

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।