मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ४:२३ Sunday, November २२, २०२६

त्रिशूलीमा बेपत्ता दुई बस र यात्रुहरुको खोजीका लागि भारतीय उद्धार टोली खटिँदै

शेयर१५.४K०

काठमाण्डौ : चितवनको सिमलतालमा असार २८ गते शुक्रबार पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बस र यात्रुको खोजीका लागि भारतीय उद्धार टोली खटिने भएको छ ।

खोजीका लागि यसअघि नेपालले भारतको सहयोग मागेको थियो । भारतबाट उद्धार टोली गएराति हिँडे सकेको जनाइएको छ । १२ सदस्यीय टोली आज घटनास्थल पुग्ने गृह मन्त्रालयको विपद् महाशाखा प्रमुख डा.भीष्मकुमार भुसालले जानकारी दिए ।

अहिलेसम्म विभिन्न ठाउँमा गरी २४ वटा शव भेटिएको छ । दुई बसमा गरी ६५ जना सवार रहेकोमा तीन जना सकुशल फेला परेका थिए । अझै ३८ जना यात्रु र बसको अवस्था थाहा हुन सकेको छैन । सिमलताल बस दुर्घटनाको आज आठौँ दिन भएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१५.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।