मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:०६ Sunday, November २२, २०२६

आन्दोलन चर्किएपछि  बङ्गलादेशमा देशभर कर्फ्यु, इन्टरनेट सेवा पनि बन्द 

शेयर११.५K०

एजेन्सी । बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलन उग्ररूपमा चर्किएको छ । आन्दोलन चर्किएपछि देशभर कर्फ्यु घोषणा गरिएको छ । हिंसा नियन्त्रण गर्न सरकारले कर्फ्युको घोषणा गरेको हो ।

आन्दोलनका क्रममा हालसम्म ३५ जनाको ज्यान गएको छ । तर ज्यान गुमाउनेको सङ्ख्या यो भन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ ।

बङ्गलादेशमा सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूले आन्दोलन गर्दै आएका छन् ।

राजधानी ढाकालगायतका शहरमा ठूलो सङ्ख्यामा सुरक्षा बल तैनाथ गरिएको छ । हिजो नरसिङदीको कारागारमा आक्रमण हुँदा सयौँ कैदी बाहिरिएपछि प्रधानमन्त्रीको कार्यालयले देशव्यापी कर्फ्युको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गर्ने तयारी गरिएको छ ।

बङ्गलादेशका विद्यालय र विश्वविद्यालय अर्को सूचना नआउँदासम्मका लागि बन्द गरिएको छ । साथै इन्टरनेट सेवा पनि बन्द गरिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।