मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:४० Monday, November २३, २०२६

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

शेयर८.३K०

काठमाण्डौ :

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्  । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा ओलीले विश्वासको मत लिन लागेका हुन्  ।

नेपालको संविधानको धारा ७६ को २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा गएको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । विश्वासको मत प्राप्त गर्न २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा १ सय ३८ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रधानमन्त्री ओलीसँग झण्डै दुई तिहाई बहुमत देखिएको छ । उनलाई प्रमुख दल नेपाली कांग्रेसको ८८, एमालेका ७८, अशोक राई नेतृत्वको जसपा सात, जनमत पार्टी छ, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पाँच, लोसपा चार, नागरिक उन्मुक्ति पार्टी चार, स्वतन्त्र दुई गरी १ सय ९४ मत पक्षमा आउने देखिन्छ ।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) र राप्रपाले प्रधानमन्त्रीलाई विश्वास मत नदिने निर्णय गरिसकेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने साना दल नेमकिपा एक, राष्ट्रिय जनमोर्चा एक, प्रभु साह (स्वतन्त्र) एकले मत कता दिने भन्ने विषयमा निर्णय गर्न बाँकी छ ।

नेकपा (एमाले) ले आफ्नो दलका सांसदलाई प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ । प्रमुख सचेतक महेशकुमार बर्तौलाले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेका हुन् । असार १७ गते राति कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने सात बुँदे सहमति भएको थियो । प्रमुख दुई दलबीच संविधान संशोधनलगायतको विषयमा सहमति भएको भनिए पनि सहमतिपत्र अहिलेसम्म सार्वजनिक भएको छैन ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।