मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:५२ Sunday, November २२, २०२६

मन्त्रिमण्डल गठन गर्दा संविधान कुल्चिएको कांग्रेस सचेतक थिङको आरोप

शेयर८.३K०

काठमाण्डौ : नेपाली कांग्रेसकी सचेतक सुशिला थिङले मन्त्रिमण्डल गठन गर्दा संविधान कुल्चिएको बताएकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै क्याबिनेटमा ३३ प्रतिशत महिला कहिल्यै देख्न नपाएको गुनासो गरिन् ।

उनले भनिन्, ‘जुनसुकै मन्त्रिमण्डलमा पनि संविधानलाई कुल्चिएर ३३ प्रतिशत महिला क्याबिनेटमा कहिल्यै देख्न नपाउने भो । सायद पुरुषहरू नै प्रमुख भएर होला महिलाहरु मन्त्रीमा सिफारिस भएनन् । म कानूनमा स्नातक गरेको छु, सोसियोलोजीमा स्नातकोत्तर गरेको छु, तर म कहिल्यै योग्य भइनँ । मैले समानुपातिक कोटाबाट त यो उपाधि पाएको थिएन होला ।’

उनले महिलाहरु कहिलेसम्म समानुपातिक कोटामा दर्ज हुने हो भन्दै प्रश्न गरिन् ।

उनले समानुपातिकको विषयलाई उठाउँदा रास्वपासहित विपक्ष दलका सांसदहरुले टेबल ठोक्दै समर्थन जनाएका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।