मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ४:४१ Sunday, November २२, २०२६

‘पैतालीमा खिल पर्‍यो ‘ बोलको तिज गित सार्वजनिक 

शेयर१७.२K०

‘पैतालीमा खिल पर्‍यो’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गितको म्युजिक भिडियो नयन शर्मा नामक युट्युव च्यानल मार्फत शनिवार सार्वजनिक गरिएको हो ।

जापानमा रहेका कलाकारहरू मिलेर जापानमै छायाँकन गरिएको गीतको भिडियोमा श्रीष गौतम, रेजिना रेग्मी, अनुज पौडेल, शोभा श्रेष्ठ, सिरु गौतम , चिना गिरि , विष्णु पौडेल लगायतको अभिनय रहेको छ । गायक रामजी पौडेल र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको उक्त गितलाई सन्दीप पोडेलले लेखेका हुन् भने नयन शर्माले संगीत भरेको छन ।

कलाकारसमेत रहेका रबिन शर्माद्बारा निर्देशन गरिएको म्युजिक भिडियोको क्रोरियोग्राफी भने कुशल शर्माले गरेका छन् भने सुनिल परियारले म्युजिक अरेन्ज गरेका हुन । साथै गोविन्द बिष्टद्बारा छायाकंन गरिएको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१७.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।