मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:४३ Sunday, November २२, २०२६

कैलालीमा स्कुल बस दुर्घटना हुँदा तीन जना विद्यार्थी अस्पताल भर्ना

शेयर९.५K०

धनगढी : कैलालीको गोदावरीमा स्कुल बस दुर्घटना भएको छ । आज (सोमबार) जिल्लाको गोदावरी नगरपालिका–९ बल्मी नजिकै स्कुल बस दुर्घटना भएको हो ।

गोदावरी नगरपालिका–८ मा रहेको दुर्गाज्योती इङ्लिस बोर्डिङ्ग स्कुलको से ०१००१ ख २१८२ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा २७ जना विद्यार्थी सवार थिए । बसमा सवार १५ वर्षीय विप्लब खड्का, १४ वर्षीय प्रकाश रावत र १६ वर्षीय रोशन नेपाली घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गंगाबहादुर थापाले बताए ।

घाइते तीनै जनाको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ। बसका चालक ३५ वर्षीय सैतुराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन् । बसको अगाडी र दायाँबायाँको भागमा क्षति पुगेको छ । बस सडक किनारमा पल्टिएको छ । दुर्घटनाको अवस्था हेर्दा ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।