मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:४४ Sunday, November २२, २०२६

सेती अस्तालको शवगृहमा १३ वर्षीया बालिकाको शव अलपत्र

शेयर१०.६K०

कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालको शवगृहमा १३ वर्षीया एक बालिकाको शव अलपत्र अवस्थामा छोडिएको छ ।

जन्डिसका कारण ज्यान गुमाएकी बालिकाको शव २ दिनदेखि उठाइएको छैन् । बैतडीको डिलासैनी गाउँपालिका–२ का लोकेन्द्रबहादुर घरडीले जन्डिसले उपचारका क्रममा मृत्यु भएकी १३ वर्षीया छोरी करिष्माको शव बुझ्न अस्वीकार गरेको मृतककी आमाको गुनासो छ ।

उनकी आमा हजारी विष्ट जिल्लाको घोडाघोडी नगरपालिका–८ मा बस्दै आएकी छन् । २०७७ सालमा लोकेन्द्रबहादुर र हजारीबिच सम्बन्ध विच्छद भएको थियो । मृतक करिष्मा आमासँगै मामा घरमा बस्दै आएकी थिइन् । उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा करिष्माको पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिकाको राजीपुरमा मृत्यु भएको थियो ।

शव उठाउन जाहेरी आए आजै शव उठ्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतक बालिकाकी आमा विहान प्रहरी कार्यालयमा आएको र जाहेरी दिएपछि शव उठाउन कुनै समस्या नहुने प्रहरीले बताएको छ । बिष्ट अहिले दुई छोरीसहित माइतीघर घोडाघोडीमा बस्दै आएकी छन् । छोरालाई भने २०७७ सालमै घरडीले आफैसँग लगेका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।