मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:५१ Sunday, November २२, २०२६

एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी ५ जनाकाे मृत्यु 

शेयर१०.७K०

बुधवार दिउँसो १:५४ बजे काठमाडौंबाट उडान भरेको एअर डाइनेस्टीको हेलिकप्टर केही समयमा नै सम्पर्क विहीन बन्यो । सम्पर्क विहिन बनेको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचाैरमा दुर्घटना भएको पाइएको छ ।

उक्त हेलिकप्टर दुर्घटनामा सवार पाँच जनाकै ज्यान गएको पुष्टि भएको नेपाल प्रहरीले जनाएको छ । दुर्घटनास्थलबाट चार जना विदेशी र एक जना पाइलटकाे शव निकालिएको नुवाकोटका प्रहरी प्रमुख उपरीक्षक शान्तिराज कोइरालाले सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।

पाइलट अरुण मल्ल र चार जना चिनियाँ नागरिकको शव रहेको प्रहरीले जनाएको हो । पाँच शव मध्ये एउटा महिला र चार पुरुषको रहेको प्रहरीको भनाइ छ ।

काठमाडौंबाट रसुवाकाे स्याप्रुबेसीका लागि उडेको एअर डाइनेस्टीकाे नाइन–एन एजेडी कल साइनकाे हेलिकप्टर उडेको तीन मिनेटमै सम्पर्क विहीन भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सञ्चार माध्यमलाई जानकारी दिएका हुन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।