मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:१३ Monday, November २३, २०२६

घोडाघोडीमा प्रश्न पत्र तथा उत्तर कुञ्जीका निर्माण प्रशिक्षण कार्यक्रम सम्पन्न

शेयर१४.४K०

संस्थागत विद्यालय घोडाघोडी नगर कमिटीको आयोजनामा प्रश्न पत्र तथा उत्तर कुञ्जीका निर्माणका लागि शनिवार कैलालीको पहलमानपुरमा प्रशिक्षण कार्यक्रम गरिएको छ । पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रममा आधारित प्रश्न पत्र निर्माण गर्ने उद्देश्यले यस क्षेत्रमा पहिलो पटक तालिम सञ्चालन भएको आयोजकले जनाएको छ ।

पाठ्यक्रममा आधारित नभई बनाइएका प्रश्न पत्रले नतिजा राम्रो नआउने, बिद्यार्थीहरु अलमलमा पर्ने लगायतका समस्या समाधान गर्न यो तालिम सञ्चालन गरिएको संस्थागत विद्यालय घोडाघोडी नगर कमिटी अध्यक्ष रबी आचार्यले बताए । “उहाँहरूलाई प्रश्न पत्र बनाउन नआउने भन्ने होइन, लामो समय देखि उहाँहरूले यो काम गर्दै आउनु भएको छ तर ठ्याक्कै पाठ्यक्रम विकास केन्द्रको मापदण्डलाई आधार बनाउने अभ्यास भने त्यति छैन । त्यसैले विकास केन्द्रको मापदण्ड अनुसार नै प्रश्न पत्र निर्माण गरौँ र पाठ्यक्रमको विशिष्टीकरण तालिकालाई आत्मसात् गरौँ भन्ने हो ।” उनले भने । 20240810_111548 कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर शिक्षा समितिका सदस्य कुलप्रसाद भट्टले खस्कँदो शिक्षाको अवस्था सुधार गर्न यो तालिम महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । पाठ्यक्रम अनुसार प्रश्न पत्र निर्माण नगरिँदा बिद्यार्थीहरु अन्योलमा पर्ने र त्यसको असर नतिजामा पर्ने भएकाले पनि शिक्षाका विभिन्न पाटाहरूलाई विकसित गर्दै जानू पर्ने उनको भनाई छ । तालिममा २० संस्थागत विद्यालयका शिक्षक/शिक्षिकाहरू सहभागी भएका छन् ।

  कार्यक्रमका केही तस्वीरहरु 

20240810_111110 20240810_110408 20240810_105651(0) 20240810_105645

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१४.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।