मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:४३ Sunday, November २२, २०२६

बाजुरामा पहिरो खस्दा ४ जना घाईते, पशु चौपाया पुरिए

शेयर९.५K०

बाजुराको हिमाली गाउँपालिका वडा न ३ को गोरु खर्कमा शनिबार बिहान ९ बजे पहिरो खस्दा ४ जना घाइते भएका छन् ।

 घाइते हुनेमा प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा रहेको सोही वडाका वडा अध्यक्ष मङ्गल बुढाले जानकारी दिए । उनका अनुसार पहिरोमा केही पशु चौपाया समेत पुरिएका छन् ।

घाइतेहरुको उद्दारका लागि प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख दिलिप गिरिले जानकारी दिए । “प्रहरी परिचालन भइसकेको अवस्था छ । घटना स्थल दुरिका हिसाबले टाढा भएकाले टोलि नपुग्दा सम्म क्षतिको एकिन विवरण भन्न सकिदैन ।” उनले भने । जिल्ला सदरमुकामबाट घटना स्थल पुग्न ४ दिनको पैदल यात्रा गर्नु पर्छ । वडा अध्यक्ष बुढाका अनुसार घटना स्थल रहेको गोरु खर्कमा करिब ३० परिवारको बसोबास छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।