मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:३९ Sunday, November २२, २०२६

धनगढीमा गौरा महोत्सव हुने

शेयर१९.३K०

कैलालीको धनगढीमा गौरा महोत्सव आयोजना गरिने भएको छ ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा धनगढीमा गौरा महोत्सव हुने भएको हो । धनगढी उपमहानगरपालिका–१ स्थित खुला मञ्चमा भदौ ८, ९ र १० गते गौरा महोत्सव सञ्चालन गरिने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिएन जोशीले बताए ।

गौरा पर्वको महत्व झल्किने गौरा महोत्सव यस वर्ष पृथक तरिकाले आयोजना गरिने उनले बताएका हुन् । साथै यस बर्षबाट डेउडा समुदायलाई मात्रै केन्द्रित नगरेर विद्यालयस्तरीय डेउडा प्रतियोगिता पनि समावेश गरिनेछ । डेउडा प्रतियोगितामा डेउडीयालाई समेत सम्मान गरिने डेउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीले बताए ।

डेउडा प्रतियोगितामा प्रथम हुनेलाई ११ हजार १ सय ११, दोस्रो हुनेलाई ७ हजार ७ सय ७७, तेस्रो हुनेलाई ५ हजार ५ सय ५५ र सान्त्वनावाफत ३ हजार ३ सय ३३ नगदसहित प्रमाणपत्र प्रदान गरिने डेउडा प्रतिष्ठानका कोषाध्यक्ष प्रेम विवश चन्दले बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१९.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।