मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:५८ Sunday, November २२, २०२६

बाल यौन दुरुपयोगको आरोपमा शिक्षक पक्राउ

शेयर१५.१K०

धनगढीमा बाल यौन दुरुपयोग गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–८ मा बसोबास गर्दै आएका २२ वर्षीय शिक्षक विष्णु तिमिल्सेना बाल यौन दुरुपयोगको आरोपमा पक्राउ परेका हुन।

धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोकस्थित बहिनीको कोठामा १७ वर्षीया आफ्नै विद्यार्थीमाथि बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक तिमिल्सेना पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार शिक्षक तिमिल्सेनाले बाल यौन दुरुपयोग गरेको भन्दै गत बिहिवार उनि विरुद्व उजुरी परेको थियो । बाजुराको त्रिवेणी नगरपालिका–७ स्थायी घर भएका तिमिल्सेना धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका शिक्षक हुन । प्रहरीले कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरि रहेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१५.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।