मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबेलुका ६:०३ Monday, November २३, २०२६

विद्यार्थीले क्याम्पस प्रमुखलाई बन्धक बनाए, छुटाउन गएका प्रहरीसँग झडप

प्रहरीको लाठी चार्जबाट ६ जना विद्यार्थी नेता घाइते भएका छन् ।

शेयर२६.९K०

नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आर्युवेद विद्यापीठ बेलझुण्डी दाङमा प्रहरीको लाठी चार्जबाट ६ जना विद्यार्थी नेता घाइते भएका छन् ।

वार्ताका नाममा विद्यार्थी नेताहरूले दुई दिनदेखि क्याम्पसका पदाधिकारीहरूलाई बन्धक बनाएको खबरपछि प्रहरी छुटाउन गएको थियो । प्रहरीमाथि आक्रमण भएपछि झडप हुँदा केही विद्यार्थी घाइते भएका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए ।

घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) ठाकुरप्रसाद पोख्रेलले ढोका फोडेर क्याम्पसका पदाधिकारीहरूको उद्धार गरेको जानकारी दिए । क्याम्पस प्रमुख प्रा. डा. रामचन्द्र अधिकारी र क्याम्पसका निमित्त प्रमुख डा. देवराज क्षेत्रीलाई उद्धार गरी तुलसीपुर ल्याएर राखेको उनले जानकारी दिए ।गएको फागुन २९ गतेदेखि क्याम्पस प्रमुखको कार्यकक्षमा स्वतन्त्र विद्यार्थी युनियनको नाममा विभिन्न माग राखेर तालाबन्दी हुँदै आएको छ ।
उज्यालो बाट

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२६.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।