मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:०२ Sunday, November २२, २०२६

१६ किलो चरेस सहित गोदावरीबाट एक महिला पक्राउ

बझाङ घर भएकी ४५ वर्षीया मंगली देवी धामी पक्राउ परेकी हुन ।

शेयर१७.३K०

कैलालीमा  १६ किलो चरेस सहित एक महिला पक्राउ परेकी छन् ।

जिल्लाको गोदावरी नगरपालिका २ तेघरीबाट १६ किलो १ सय ८० ग्राम चरेस सहित बझाङ घर भएकी ४५ वर्षीया मंगली देवी धामी पक्राउ परेकी हुन ।

चरेसको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी गंगा बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलिले धामीको घरमा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा उनको घरको कोठा भित्र सेतोमा रातो धर्सेदार रंगको बोरा भित्र भुसामा लुकाई छिपाई राखेको चरेस र नापतौल गर्ने तराजुसहित फेला पारी नियन्त्रणमा लिएको मालाखेती प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१७.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।