मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:२१ Sunday, November २२, २०२६

म्याद सकिएको ५ महिना बित्दासमेत अस्पतालको काम अलपत्र, मेयर भन्छन भोगाधिकार पाएनौं 

अवधि सकिदा सम्म भवनको जग मात्रै बनेको छ । 

शेयर२४.८K०
कैलालीको घोडाघोडी नगरपालिकामा निर्माणाधिन नगर अस्पतालको भवन अलपत्र परेको छ । निर्माण सम्झौताको अवधि सम्पन्न भएको ५ महिना बितिसक्दा पनि भवन निर्माण भने हुन सकेको छैन ।
नेपाल सरकारले स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण गर्ने कार्यको थालनी गरेको थियो । जस अनुसार २०७७ मंसिर १५ गते देशभरका ३ सय ९६ अस्पतालको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक साथ शिलान्यास गरेका थिए । सोहि अनुरुप घोडाघोडी नगरपालिकाले पनि वडा नं. २ साडेपानीमा १५ शय्याको नगर अस्पताल बनाउने निर्णय गरेको थियो ।
नगर अस्पताल निर्माणको सम्झौता राजेन्द्र निर्माण सेवा प्रा.लि सँग गरिएको थियो । कम्पनीले ९ करोड ८६ लाख ५ हजार ५ सय ७० मा दुई वर्ष भित्र भवन निर्माण गर्ने भन्दै २०७८ बैशाख २९ गते  ठेक्का सम्झौता गरेको थियो ।
निर्माण सम्पन्न गरिसक्नु पर्ने अवधि २०८० बैशाख २८ गते सकिसकेको छ । तर अवधि सकिदा सम्म भवनको जग मात्रै बनेको छ ।
घोडाघोडी नगपालिका प्रमुख खडक बहादुर रावतले बजेट अभावका कारण भवन निर्माण कार्य सम्पन्न गर्न नसकेको बताए । रावतका अनुसार निर्माण सुरुको अवधिमा १ करोड आएको थियो त्यसपछि बजेट आएको छैन ।
नगर अस्पताल भवन बनाउन लागिएको जमिन भोगाधिकार नभएकाले बजेट दिन नसकेको भन्ने छ रावतले भने, “भोगाधिकारको फाईल तयार गरि संघिय मामिलामा पठाएका छौ हेरौँ अब के हुन्छ ।”
रावतका अनुसार ठेक्का पाएको निर्माण कम्पनी पनि सम्पर्क विहीन रहेको छ ।
भवन निर्माणको कार्य सम्पन्न नभएपछि पालिकाले स्वास्थ्य चौकीको भवन मार्फत नगर अस्पताल सञ्चालन गरेको छ । dfh

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२४.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।