मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:४२ Sunday, November २२, २०२६

प्रिमियर लिगमा लिभरपुलको लगातार दोस्रो जित

शेयर१०.९K०

प्रिमियर लिगमा लिभरपुलले ब्रेन्टफोर्डलाई २–० ले पराजित गरेको छ । नयाँ सिजन लिगमा लिभरपुलको यो लगातार दोस्रो जित हो ।
घरेलु मैदान एनफिल्डमा गएराति भएको खेलमा लिभरपुलका लागि लुइस डियाज र मोहमद सालाहले गोल गरे ।
खेलको १३औं मिनेटमा डियाजले डिएगो जोटाको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
डियाजकै असिस्टमा सालाहले ७०औं मिनेटमा लिभरपुलका लागि दोस्रो गोल गरे ।
नयाँ सिजन लिभरपुलसहित साविक विजेता म्यानचेष्टर सिटी, ब्राइटन र आर्सनलले मात्र शतप्रतिशत खेल जितेका छन् । चारै टोलीको समान ६ अंक छ । तर गोलअन्तरमा सिटी शीर्ष स्थानमा छ ।

ब्राइटन दोस्रो र आर्सनल तेस्रो स्थानमा रहँदा लिभरपुल चौथो स्थानमा उक्लेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।