मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:३० Sunday, November २२, २०२६

सुदूरपश्चिम योजना आयोगका उपाध्यक्ष बिक समाजवादीको सचिवमा निर्वाचित

शेयर१०.४K०

सुदूरपश्चिम प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश बिक नेकपा एकीकृत समाजवादीको दलित सचिवमा निर्वाचित भएका छन् ।

बिक १८० मतसहित विजयी हुँदा नीरादेवी जैरु पराजित भएकी हुन् । उनले ९८ मत पाएकी थिइन् । उनी डडेल्धुराकी हुन् । अर्का उम्मेदवार कृष्णबहादुर नेपालीले २६ मत पाएका थिए । अघिल्लो सरकारले गणेश विकलाई नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।

कांग्रेस नेतृत्वको सरकारमा उनले राजीनामा दिएका थिए । तर, राजीनामा स्वीकृत भने भएको छैन् । राजनीतिसँगै सामाजिक न्याय तथा मानव अधिकारको क्षेत्रमा कार्यरत करिब साढे दुई दशकदेखि क्रियाशील रहेका उनी यसअघिको पोलिटब्युरो सदस्य रहेका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।