मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:०८ Monday, November २३, २०२६

७५ हजार नगद र लागूऔषधसहित एक युवक धनगढीबाट प्रहरीको फन्दामा  

शेयर९.३K०

कैलालीको धनगढी उपमहानगरपालिका-८ बाट लागूऔषध (चरेश)सहित एक युवकलाई शनिबार पक्राउ गरेको छ ।

शनिबार मध्यान्ह १२ बजे तिर बझाङको केदारस्यु गाउँपालिका-७  घर भएका ४२ वर्षीय जनक धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमान्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सडकमा शङ्कास्पद रुपमा हिँडिरहेको अवस्थामा धामीलाई पक्राउ गरेको हो ।

उनका साथबाट अन्दाजी साढे चार किलो चरेस र ७५ हजार फेला पारि नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । उनलाई पक्राउ गरि रित पूर्वक अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय कैलाली राखी थप अनुसन्धान गरि रहेको जनाएको छ  ।
 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।