मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:१२ Monday, November २३, २०२६

बर्दगोरियाले ग¥यो विभिन्न संस्थालाई सम्मान  

शेयर१७.२K०

कैलालीको बर्दगोरिया गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा महत्त्वपूर्ण काम गर्ने विभिन्न संस्थाहरूलाई सम्मान गरेको छ । सोमबार पालिकाको स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रमको अवसरमा उनीहरूलाई सम्मान गरिएको स्वास्थ्य शाखा संयोजक मीनबहादुर धामीले जानकारी दिए ।

 

सहज र प्रभावकारी रूपमा नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गरेको भन्दै दोदोधरा अस्पताल, कोटातुल्सीपुर स्वास्थ्य चौकी, रानिकुण्डा आधारभूत स्वास्थ्य सेवा केन्द्र, निमुवाबोझी आधारभूत स्वास्थ्य सेवा केन्द्र, कोइलीभुरुवा आधारभूत स्वास्थ्य सेवा केन्द्र र दोघरा आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई सम्मान गरिएको हो । यस्तै निजी क्षेत्रबाट सञ्चालित बर्दगोरिया अस्पताल प्रा.लीलाई पनि सम्मान गरिएको छ ।

 

समुदायमा स्वास्थ्यको क्षेत्रमा काम गरेको भन्दै गैरसरकारी संस्थाबाट सुदूरपश्चिम समाज कैलाली, बाल कल्याण सङ्घ टिकापुर र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएस डब्लुए) लाई सम्मान गरिएको छ । सञ्चारका माध्यमबाट सूचना प्रवाह गरेको तथा स्वास्थ्यका समाचार उठान गरेको भन्दै कोसेली एफ.एमलाई समेत सम्मान गरिएको छ । सम्मानित हुनेहरूले सम्मानले आफूहरूलाई काम गर्ने ऊर्जा बढेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१७.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।