मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:२५ Monday, November २३, २०२६

आर्थिक वर्ष सुरु भएको दुई महिनामै अख्तियारको कार्यालय कञ्चनपुरमा १९४ मुद्दा दर्ता 

शेयर१२.७K०

पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा अनियमितता सम्बन्धी उजुरीको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै यस्ता उजुरीको सङ्ख्या बढ्न थालेका हुन् । सङ्घ, प्रदेश र स्थानीय तहसँग सम्बन्धी उजुरीको सङ्ख्या दैनिक रुपमा दर्ता हुने गरेको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा आर्थिक अनियमितता विरुद्ध १ सय १४ उजुरी दर्ता भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा स्थानीय तहसँग सम्बन्धित उजुरीको सङ्ख्या सबैभन्दा बढी दर्ता हुने गरेको पाइएको हो ।

कार्यालयमा भदौ ३१ गतेसम्म थप ८० वटा उजुरी दर्ता भएका छन् । विभिन्न माध्यमको प्रयोग गरेर अख्तियारमा उजुरी दर्ता हुने क्रम बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी चेतराज भट्टले बताएका छन् ।

सङ्घ, प्रदेश र स्थानीय तहसँग सम्बधित उजुरी ९ वटै जिल्लामा आउने गरेको उनले बताएका हुन् । विभिन्न विकास निर्माणका काममा हुने अनियमितता, विद्यालय, वन, खानेपानी लगायत काममा अनियमितता हुने गरेको भन्दै उजुरीकर्ताले अख्तियारमा निवेदन दिने गरेका छन् । प्राप्त उजुरीमाथि थप अध्ययन र कामकारबाही सँग-सँगै अघि बढाउने काम भइरहेको कार्यालयले जनाएको छ ।

सार्वजनिक पद धारणा गरेर पदको दुरुपयोग गर्दै अनियमितता हुने गरेको विषयमा पनि अख्तियारमा उजुरी पर्ने गरेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।