मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:४५ Sunday, November २२, २०२६

पहलमानपुरमा रहेको कलम बम मेमोरियललाई राष्ट्रिय शिक्षा सम्मान

शेयर२६.२K०

कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्ग्लिस बोर्डिङ स्कुललाई राष्ट्रिय शिक्षा सम्मान पुरस्कार प्रदान गरिएको छ ।

शिक्षा पत्रकार समाज नेपालको आयोजनामा आज काठमाडौँको अनामनगरमा आयोजित एक विशेष कार्यक्रममा शिक्षा मन्त्री विद्या भट्टराईले विद्यालयका प्रिन्सिपल युवराज बमलाई सम्मान प्रदान गरेकी हुन् ।पहलमानपुरमा रहेको कलम बम मेमोरियललाई राष्ट्रिय शिक्षा सम्मान

कैलालीको ग्रामीण भेगमा विगत ३ दशकदेखि निरन्तर द्वन्दकालिन समयमा समेत गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रदान गरेको र हाल पनि निरन्तर शिक्षण सिकाइका माध्यमबाट व्यवहारिक शिक्षा प्रदान गरिरहेको कारण शिक्षा सम्मान २०८१ बाट सम्मानित गरिएको शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवालले बताए ।

कैलालीको मध्यवर्ती क्षेत्रको पहिलो संस्थागत विद्यालयको रूपमा स्थापित भएर प्रदान गरिरहेको शिक्षा र कलम बम मेमोरियल इङ्ग्लिस बोर्डिङ स्कुलको लगातारको प्रयासलाई राष्ट्रिय शिक्षा सम्मान २०८१ बाट सम्मानित भएको भन्दै उक्त सम्मानले अझै बढि जिम्मेवार बनाएको विद्यालयका प्रिन्सिपल युवराज बमले बताए ।

सामाजिक उत्तरदायित्व सहितको शिक्षा प्रदान गर्ने आफूहरूको ऊर्जालाई थप हौसला प्रदान भएको प्रिन्सिपल बमले प्रतिक्रिया दिएका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२६.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।