मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:३१ Monday, November २३, २०२६

चितुवाको छालासहित बझाङमा एक जना प्रहरी नियन्त्रणमा

शेयर१२K०

बझाङको जयपृथ्वी नगरपालिका-१० चैनपुरमा थलारा गाउँपालिका-८ का हरिलाल जोशी चितुवाको छालासहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर जोशीको कमान्डमा खटिएको प्रहरी टोलीले ८ फिट २ इन्च  लामो र ३ फिट २ इन्च चौडाइ भएको चितुवाको छालासहित जोशीलाई पक्राउ गरेको जनाएको छ ।

साथै जोशीको साथबाट खैरो रङ्गको दाँत,  र पञ्जा समेत फेला पारेको प्रहरीले जनाएको छ ।

हाल उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।