मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ३:३० Sunday, November २२, २०२६

भरुवा बन्दुकसहित डोटीमा एक जना पक्राउ

शेयर१०.७K०

डोटीको पूर्वीचौकीबाट प्रहरीले बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

आइतबार बिहान प्रहरीले जिल्लाको पूर्वीचौकी गाउँपालिका-७ बगडाका ६२ वर्षीय शङ्कर साउदलाई बन्दुकसहित पक्राउ गरेको हो ।

साउदलाई भरुवा बन्दुक बोकेर गाउँकै टोट्केबाँझस्थित कच्ची सडकमा हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको डीएसपी भीमलाल भट्टराईले बताए । साउदलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।

स्थानीयका अनुसार साउद स्थानीय वनमा वन्यजन्तुको सिकार गर्न भरुवा बन्दुक प्रयोग गर्दै आएका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।