मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:१४ Monday, November २३, २०२६

कैलालीबाट अवैध भन्सार छलीका सामान बरामद

शेयर१२.९K०

कैलाली जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले भन्सार छलीका अवैध सामानहरू बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका कार्यलयबाट खटिएको प्रहरी टोलीले विभिन्न ठाउँहरूमा रहेका भारतीय नाकाहरूबाट भन्सार छली गरी ल्याएका २ लाख ८० हजार ३८ मूल्य बराबरको सामान फेला पारेको हो ।

धनगढी उपमहानगरपालिका स्थित ट्राफिक चोक, बैयाबेहडी र त्रिवेणीघाटबाट अन्दाजी २ लाख १८ हजार ७ सय १८ मूल्यको सामान फेला पार्दा भजनी नगरपालिका ठेकीपुल र हिक्मतपुरबाट अन्दाजी ३२ हजार ८ सय २० मूल्य बराबरको सामान फेला पारेको बताएको छ ।

त्यस्तै जिल्लाकै गोदावरी नगरपालिका १ अत्तरियाबाट अन्दाजी २८ हजार ५ सय मूल्य बराबरका  कपडाहरू फेला पारि नियन्त्रणमा लिएको जनाएको छ ।

पारी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।