मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:१३ Monday, November २३, २०२६

दुई दिनदेखिको अविरल वर्षाले बाढीके रुप लिँदा काभ्रेमा ३ जनाको मृत्यु, ११ जना बेपत्ता

शेयर१२.१K०

नेपालका केही जिल्लामा दुई दिनको अविरल वर्षाले बाढीको रुप लिँदा काभ्रेपलाञ्चोकमा हालम्म ३ जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यलय काभ्रेपलाञ्चोकका अनुसार १ बालिकासहित ३ जनाको ज्यान जाँदा ११ जना बेपत्ता भएका छन् । यस्तै बाढीबाट १० जनाको उद्धार गरिएको छ भने एक जना घाइते भएका छन् ।

यस्तै काभ्रेको बनेपा नगरपालिका, बेथमनचोक गाउँपालीका, तेमाल गाउँपालीका र रोशी गाउँपालीकामा क्षति पुगेको प्रहरीले बताएको छ । रोशी खोलामा आएको बाढीले समेत बगाएको छ । रोशी बाली भित्र्याउने बेला धानमा समेत ठूलो क्षति पुगेको छ । बाढीले काभ्रेपलाञ्चोकमा अरनिको र बीपी राजमार्ग अवरुद्ध भएका छन् ।

बाढीका कारण दुम्जाको कुशेश्वर मन्दिरमा रहेको गुरुकुलमा २८ जना विद्यार्थी र शिक्षक गरी ३३ जना फसेका छन् । दायाँ–बायाँ रोशी खोलामा बाढी बढेपछि विद्यार्थी र शिक्षक मन्दिरको बीचमै फसेको शिक्षक नारायण घिमिरेले बताएका छन् ।

शिक्षक घिमिरेका अनुसार एकतिरबाट सुनकोसीले कटान गरेको छ भने मन्दिर थोरै उचाइमा रहेकाले बचेको छ । कतिबेला कटानमा पर्छ भनेर आतंकित भएर बसेको पनि उनले बताएका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।