मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ४:१७ Sunday, November २२, २०२६

भोटेकोशीको बहावले नेपाल–चीन जोड्ने लार्चाको बेलिब्रिज बगायो

शेयर१४.७K०

भोटेकोशी नदीको बहाव उच्च हुदा नेपाल–चीन जोड्ने सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ मा रहेको लार्चामा रहेको बेलीब्रिज नदीले बगाएको छ ।
आज बिहान भोटेकोशी नदीमाथि रहेको उक्त बेलिब्रिज बगाएपछि सीमा क्षेत्रको सडक सञ्जाल टुटेको छ । पुल बगाएसँगै नेपाल चीन बिचको व्यापारीक कारोबार अब पूर्णरुपमा बन्द हुने भएको छ ।
२०७४ साउनमा आएको पहिरोले लार्चामा रहेको पक्की पुल बगाएको थियो । पक्की पुल बगाएको नजिकै २०७४ वैशाखमा सडक विभागले बेलिब्रिज निर्माण गरेको थियो ।
पुल बगाएपछि भोटेकोशी गाउँपालिका १ र २ वडाको सडक सम्बन्धबाट बिच्छेद भएको छ भने दशैंका लागि चिनियाँ सामग्री बोकेर आएका कन्टेनरहरु समेत बाटोमा नै रोकिएका छन् ।
अब यो नाका हुँदै दशै लक्षित सामग्रीहरु नेपाल नभित्रने भएको छ । त्यस्तै भोटेकोशी गाउँपालिका १ र २ नजिकै रहेको लिपीङ पुलको पनि एक साइड नदीमा झरेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१४.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।